Saturday, 28, November, 2020 info@saipalnews.com

प्रधानमन्‍त्री ओली बुधबार मिर्गौला प्रत्यारोपण गर्ने

काठमाडौँ १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन्।ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन् ।