फागुन १८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।२०२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।
Thursday, 28, January, 2021 info@saipalnews.com

प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति को हुन् ?
