Saturday, 26, September, 2020 info@saipalnews.com

प्रचण्ड माथि जुत्ता प्रहार गर्ने तिरुवालाई तत्काल कारबाही गर्ने नेता भुलको माग

कैलाली १८ कैलाली ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी जुत्ता  प्रहार गर्ने नीचलाई कडा कारबाही गर्न अनेरास्ववियूका नेता मदन कुमार भुलले जाडदार माग गरेको छन् । राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्ड माथि जुत्ता  प्रहार गर्ने व्यक्ति माथि तत्काल छानबिन गरि कारबाही गर्नु माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले भाषण गरिरहेका बेला जुटा हिर्काउने अपराधी को बाट पहिचालन भएका छन् त्यसको पनि अनुसन्धान गर्नु पर्नुे नेता भुलको भनाइ छ । जुटा हान्ने जुम्ला सिञ्जाका  रतन तिरुवाले आफना बुबालाई द्धन्द्धकालमा बेपत्ता पारिएको बताएले जुत्ता हान्नेको प्रहरीमा बयान दिए पनि उनका बुबाको भारतमा काम मृत्यु भएका नेता भुलले दाबी गरेका छन् । साथै अध्यक्ष प्रचण्ड माथि जुटा हान्ने तिरुवा नेत्रविक्रम चन्द्र विप्लवको कार्यकता रहेको पनि भुले बताउनुभएको छ ।