Thursday, 01, October, 2020 info@saipalnews.com

सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौं १८ फागुन । सरकारले केही सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ । यस्तै महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ ।

भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।यस्तै अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ ।