Saturday, 28, November, 2020 info@saipalnews.com

कांग्रेसबाट विजयी वडाध्यक्ष नेकपामा प्रवेश

बझाङ २० फागुन । जिल्लाको वित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । कांग्रेसबाट विजयी भएका वडाध्यक्ष करवीर बोहरा सोमबार नेकपामा प्रवेश गरेका हुन् । नेकपाको सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलामा कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपामा प्रवेश गरेको गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले जानकारी दिए ।

कांगेस देशमुक्त हुने सम्भावना भएको र देशको नेतृत्व नेकपाले गर्ने देखिएकाले यस्तो निर्णय गरेको वडाध्यक्ष बोहराले बताए ।विसं २०७४ मा कांग्रेसको तर्फबाट विजयी भएका बोहोरा नेकपाको कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेको नेकपाका नेता नरेन्द्र खडकाले बताए । नयाँ पत्रिकाबाट साभार ।