Thursday, 24, September, 2020 info@saipalnews.com

डीआईजी शाहमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ २० फागुन । अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशविक्रम शाहमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनीमाथि भ्रष्टाचार गरेको आरोप छ ।शाहसहितका प्रहरी अधिकारीहरुमाथि ३३ लाख ३८ हजार रुपैंया अनियमितता गरेको आरोप छ। अख्तियारको आरोपपत्र अनुसार सिन्धुली दुधौलीका समादेशक शाहसहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर भएको हो।

अख्तियारको दाबी अनुसार भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भेटिएको छ।२०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण गत महिना अवकाश पाएका थिए। उनी तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्।