Friday, 27, November, 2020 info@saipalnews.com

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

काठमाडौं २१ फागुन । सांसदहरु हाजिर गर्दै बाहिरिँदा गणपुरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक संचालनमै कठिनाइ भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् ।संसद सचिवालयको अभिलेखमा भने गत १३ गतेदेखि १९ गतेसम्म संचालन भएका चार बैठकमा एक सय ४४ देखि एक सय ८१ जनासम्मको हाजिरी देखिन्छ ।

प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । गणपुरक संख्याका लागि एक चौथाइ, अर्थात ६९ जनाको उपस्थिति चाहिन्छ ।सांसदले प्रतिब्यक्ति दैनिक दुई हजार भत्ता पाउँछन । सचिवालयका अनुसार गत १३ गते एक सय ८१ सांसदले हाजिर गरेका छन् ।

तर त्यसदिन बैठकमा गणपुरक संख्या यकिन गर्न घन्टी बजाउँदा ५८ जना सांसद मात्र उपस्थित थिए । अर्थात हाजिर गरेर १ सय २३ जना सांसदले बैठक छाडेका थिए ।यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ति सांसदलाई दुई लाख ४६ हजार भत्ता दिनुपर्नेछ ।  यो समाचार कान्तिपुर दैनिकमा छ ।