काठमाडौँ २१ फागुन। कोरोना भाइरसका कारण विश्वकै शक्तिशाली देश अमेरिकालाई पनि तनावको अवस्था सिर्जना भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै अमेरिकामा मर्नेहरुको संख्या पनि बढ्न थालेको छ ।पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ११८ पुगेको छ ।
कोरोना भाइरसका कारण मंगलबारमात्रै अमेरिकामा तीन जनाको मृत्यु भएको हो ।कोरोना भाइरस फैलिएसँगै अमेरिकाले पनि आम मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विदेशी पर्यटकहरुलाई प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको बताइएको छ ।विदेशी पर्यटकका कारण कोरोना भाइरस फैलिएको समाचार आएसँगै अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ । साझापोष्ट ।