Thursday, 24, September, 2020 info@saipalnews.com

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण : अंगदाता समीक्षाको शल्यक्रिया सकियो

काठमाण्डौ २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन्। शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालिएको छ। अब प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिनेछ।

शल्यक्रिया गरेर समीक्षाको देब्रे मिर्गौला निकालिएको छ’, एक चिकित्सकले भने, ‘अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिसक्छौं।’मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकितस्कहरुले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया जारी रहँदा त्रिवि शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तकहरु जम्मा भएका छन्।