Tuesday, 22, September, 2020 info@saipalnews.com

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा बाल्यो मैनवत्ती

काठमाडौं २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ ।बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ सं‌गठन अनेरास्‍ववियूका कार्यकर्ताले मैनवत्ती बालेका हुन् ।प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको दिन साँझ अनेरास्ववियूका कार्यकर्ताले मैनवत्ती बालेर ‘गेट वेल सुन पीएम’ लेखेका हुन् ।

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रत्यारोपण कक्षमा राखी उपचारलाई निरन्तरता दिएको शिक्षण अस्पतालले जनाएको छ ।प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा शिक्षण अस्पताल बाहिर ठूलो संख्यामा शुभेच्छुक र पार्टी कार्यकर्ता जम्मा  भएका थिए ।