Thursday, 13, August, 2020 info@saipalnews.com

देशलाई धोका दिनेहरुले भीम रावललाई सरकार विरोधी भनेका हुन् : सांसद तारामान स्वार

संघीय सभाको माथिल्लो सभा राष्ट्रिय सभाका १८ जना संसदले हिजो मात्र सपथ लिएको छन् । २ वर्षीय कार्यकाल सकेर १९ जना संसद बाहिरेको एक दिनपछि नयाँ १८ जना संसदले सपथ लिएका हुन् । राष्ट्रिय सभामा दोस्रो पटक निर्वाचित संसदहरुको कार्यालय भने अब ६ वर्ष हुने छ । यता राष्ट्रपतिबाट मानोनियत हुने एक जना सदस्यको टुंगो भने लाग्ने बाँकी छ । यसै विषयमा सुदूरपश्चिमबाट निर्वाचित सांसद तारामान स्वारसँग पहिलो चोटी संसदमा छिर्दाको अनुभूति कस्तो भयो उहाँसँग गरेको कुराकानीको एक अंश   :

पहिलो पटक राष्ट्रिय सभामा प्रदेश गर्दा कस्तो अनुभूति भो तपाइलाई ?

हिजो अनुभूति राम्रो नै भयो । हामी राजनीति क्षेत्रमा लामो समय काम गरिरहेकाले नयाँ र पुरानो भन्ने त केही थिएन् ।  तर एउटा जिम्मेवारीको हिसाबले राष्ट्रिय सभामा प्रवेश गर्दा खेरी देश र जनता प्रति अझै जिम्मेवारी बढे्को मलाई महसुश भएको छ ।

संसदीय प्रणालीमा तपाई पहिलो पटक प्रवेश गर्दै हुनुहुन्छ अब जनताका अपेक्षाहरुलाई कसरी फु्लफिल गर्नुहुन्छ ?

जनताले म बाट लिएका अपेक्षाहरु र पार्टीले नेतृत्वको अपेक्षा पुरा गर्ने नै मेरो जिम्मेवारी हुने छ । जनताका आवाजहरु सभामा पु-याउने प्रयास गर्ने छु । देश र जनताकोहितको लागि हिनरात नभनेर काम गर्ने छु ।

तपाईको लाम्रो राजनीतिक यात्रा अब संसद तिर जादा के प्रभाव पर्ला ?

हामी समाज देश परिवर्तनको लागि विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आयौँ । ती अनुभवहरुलाई मैले समेटिएको छु । ती म संसदमा प्रस्तुत गर्ने नै छु् ।

हिजो राष्ट्रिय सभाको सपथ लिनु भो अब संसद पनि होला, त्यहाँ उठाउने तपाईको पहिलो विषय के हुन्छ ?

पहिलो कुरा त राष्ट्रिय सभा प्रतिनिधि सभा जस्तो होइन् । प्रतिनिधि सभामा त सिधै जनताका विषय विकास निर्माण विषयहरु राख्न पाइन्छ । त्यो राष्ट्रिय सभामा त्यस्तो छैन् । जस्तो मलाई अनुभूति भइरहेको छ । राष्ट्रिय सभा भनेको विधी विधान,ऐन कानुन निर्माण हुने ठाउँ हो । त्यसैले मैले देश र जनताकोहितलाई ध्यानमा राखेर विधी विधानमा विषेश ध्यान दिने छु ।

देशको हितमा नरहेका जनताको पक्षमा नरहेका विषयमा खबदारी गर्ने छु । जस्तै पछिल्लो समय नेता र जनताबीचको दुरी बढिरहेको छ । म त्यसलाई पुरै चिर्छु त भन्दै तर दुई पक्षलाई मिलाउने पुल बन्ने प्रयास गर्ने छु । र अर्काे कुरा राजनीतिलाई  सेवा भन्दा पनि कार्यकता र जनताले व्यावसायका  रुपमा बुझिरहेका छन् त्यसलाई चिर्न मेरो पहल हुने छ ।

अब अछामबाट निर्वाचित भीम रावल सरकारप्रति कठोर देखिनु हुन्छ ! त्यही माथि तपाई पनि अछामकै पर्नु भो अव तपाईको कदम कस्तो हुन्छ ?

सरकारप्रति रावल कम्ररेड कठोर होइन् । उहाँले त सरकारलाई ठिक दिशामा लैजान । र जनताको प्रिय सरकार बनाउन । राष्ट्रको शिर अझै उच्च राख्न थालेको कदम हो । यसलाई कठोर भन्न मिल्दैन् । उहाँलाई जस्ले सरकार विरोधी भनेर प्रचार गरिरहेका छन् ।ती व्यक्तिहरुले देश जनतालाई धोका दिन नपाएर रावल कम्ररेडलाई सरकार विरोधी भनेको हो । राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्दा सरकारलाई राष्ट्रहित विपरित काम गर्नबाट रोक्दा त्यसलाई गलत भन्न मल्दिैन् ।