Monday, 28, September, 2020 info@saipalnews.com

कोरोना प्रभाव : दर्जनौ आयोजना अलपत्र

काठमाडौं २३ फागुन । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।

चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ वर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, इन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरू प्रभावित भएका हुन् । नेपालमा काम गर्न तीन वर्षयता श्रम स्वीकृति लिएका विदेशी कामदारमध्ये सबैभन्दा बढी ९६० प्रतिशत० चिनियाँ छन् ।

स्वीकृति लिएका चिनियाँ कामदारको संख्या ३ हजार ५ सय ८७ छ । तीमध्ये धेरैजसो कोरोना भाइरस फैलिनुपूर्व चिनियाँ वसन्त चाड ९नयाँ वर्ष० मनाउन घर गएकामा उतै रोकिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।