Thursday, 01, October, 2020 info@saipalnews.com

बाजुराको १ करोड घुस काण्डको थप विवरण ( अडियो सहित)

बाजुरा २३ फागुन । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसँग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेको अडियो साइपाल न्यूजले हिजो मात्र सार्वजनिक गरेको छ । गाउँपालिका ४ फैतिमा अवस्थित शैलेश्वरी प्राविधिक विद्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बिल बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बार्गे्निङ्ग गरेको अडियो र समचार साइपाल न्युजले बाहिर ल्याएको ल्याएको हो । अहिले उक्त विषयले विभिन्न सञ्चार माध्यमा तताएको छ ।

पैसा बाँडेर आफ्नै छोराले दर्ता गराएको फमलाइ ठेक्का पार्ने गरी फम दर्ता भएका छन् । माघ २१ गते गाउँपालीकाले ३० दिने सूचना प्रकाशित गरिएको थियो । ६९ वटा निमार्ण व्यवसायीहरुले बोलपत्र फर्म खरिद गरे पनि गाउँपालीकाका अध्यक्ष मल्लले निर्माण ब्यबसायीलाई पैसा बाँडेपछि आफैलाई ठेक्का पर्ने उद्देश्यले चार ओटा फर्म मात्र मिलोमतोमा दर्ता गराएको खुलेको छ ।

गाउँपालिकाका अध्यक्षले विगतका दिनमा आफु निकट कार्यकर्तालाई ठेक्काको जिम्मा दिनेगरेको थिए । उनले यो पटक मेरा छोराले ठेक्का लिने चासो देखाएकोले निमार्ण व्यबसायीसंग यसरी बसेको हुँ समेत भनेका छन् । निमार्ण व्यवसायीलाई आफ्नो कार्याकक्षमै बोलाएर पैंसाको बार्गे्िनङ्ग गरेको अडियो साइपाल न्यूजलाई प्राप्त भएको हो ।

निर्माण व्यवसायी संघ अध्यक्ष विनोद शाहीले कति प्रतिशत पैंसा बाढ्नु हुन्छ भन्दा गाउँपालिकाका अध्यक्ष मल्लले पुरै बजेटको ५ प्रतिशत वा ७ प्रतिश बाँढ्न सकिने समेत भनेका छन् । निमार्ण व्यवसायी संघका अध्यक्ष शाहीले त्यो त कम भयो भन्दा १ करोड को ७ प्रतिशद रुपैयाँ लौजानुस अडियोमा बोलेका छन् ।

व्यवसायीहरुले १३ लाख दिनु पर्ने अडान राखेपछि अन्तमा गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल ९ लाख दिएर कार्यकक्षबाट बाहिरीएको अडियोमा खुलेको छ । ठेक्का प्रक्रियाबाट आयोजना निर्माणको काम अगाडि बढाउनु पर्ने भएता पनि स्थानीय तहका जनप्रतिनिहरु भने स्थानीय तहमा आफ्नो मान्छेलाई ठेक्का पक्टा पारेर, इन्जिनियरमा आफ्ना नातेदार आफन्त राखेर स्थानीय तहका विभिन्न निर्माण कार्यमा लुट मच्चाइरहेका छन् । भने उक्त योजनाको निमन गर्ने निकाय मौन रहेको स्थानीयको गुनासो छ ।

ठेक्का प्रक्रिया गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने र सवै भन्दा बढी कममा ठेक्का हाल्नेलाई ठेक्का दिनुपर्ने हुन्छ । तर यो भने धेरै स्थानीय तहलमा हुदैन् । कमिशनका कारण निर्माण तथा विकास आयोजना जिम्मा लगाउने काम भइरहेको छ । यसको एउटा उदारण हो हिमाली गाउपालिकामा निर्माण हुने प्राविधिक विद्यालयको भवन निर्माणको । गाउँपालिका अध्यक्षले पैसा बाडेर ठेक्का आफ्नो छोरालाई प्रदान गरेको देखिन्छ ।

ठेक्का प्रक्रियालाई व्यवस्थित बनाउन जिल्ला निमार्ण व्यवसायी संघले समान्वयात्मक भूमिका खेल्नु पर्ने भए पनि उल्टै बार्गे्निङ्ग गर्ने र पैसा बाडफाँड गर्ने गरेको अडियोमा खुलेको छ ।

हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले भने आफुलाई फसाउनका लागि सुनियोति तरिकाले गरेको वताएका छन्, । आफ्नो छोराको कुनै ठेक्का फम नभएको वताएका छन् । सबै तिर ठेक्का मिलाउछन् धेरै बाँडे काम राम्रो हुदैन्, कम बाडेर काम राम्रो होस भन्ने खोजिएको हो कुनै घुसकाण्ड नगरेको उनले दाबी गरेका छन् । उता निर्माण व्यबसायी संघ अध्यक्ष बिनोद शाहीसँग यो विषयमा बुझ्न्न खोज्दा सम्पर्क समेत हुन सकेको छैन् ।