Saturday, 19, September, 2020 info@saipalnews.com

वर्षाका कारण रुवाण्डामा ५३ जनाको मृत्यु

एजेन्सी २४ फागुन । वर्षाका कारण रुवाण्डमा यसवर्ष अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।गत जनवरीदेखि अहिलेसम्म उनीहरुको मृत्यु भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ । वर्षा र वर्षापछि घटनामा परी यस अवधिमा अरु ८४ जना घाइते भएको अधिकारीले जनाएका छन् ।मन्त्रालयका अनुसार वर्षाका कारण ८५८ वटा घर, १९६ हेक्टर जमिनको खेतीपाती, २३ वटा सडक, १७ वटा पुल र आठ वटा चर्चमा क्षति पुगेको छ ।

वर्षासँगै परेको चट्याङ्, बाढी र आँधीका कारण यो क्षति भएको अधिकारीले जनाएका छन् । रुवाण्डाको मौसम विज्ञान विभागका आधिकारीले अहिलेपनि देशका केही भागमा मौसम गडबड भइरहेको र यो क्रम आउदो जुनसम्म जारी रहने बताएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार वर्षा तथा यस्ता घटनाका कारण गत वर्ष १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २३० भन्दा बढी घाइते भएका थिए ।त्यसैगरी पाँच हजार घर क्षतिग्रस्त भएका थिए भने नौ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीको नोक्सान भएको थियो । रासस्सिन्ह्वा