Saturday, 28, November, 2020 info@saipalnews.com

प्रधानमन्त्रीले गरेए भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी

काठमाडौँ २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र डिस्चार्ज गर्न सकिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी दिनुभयो । तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्नसक्ने तर्फ पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

छिटो डिस्चार्ज गर्दा बाह्य भेटघाट र सम्पर्क बढेर संक्रमणको जोखिम रहने हुँदा अस्पतालमै अझै केही दिन राख्ने कि या घर पठाउने भन्नेबारेमा चिकित्सकहरुले छलफल गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखेर उपचार र हेरचाह भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ ।प्रधानमन्त्रीलाइ उहाँकी भान्जी पर्ने समिक्षा ज्ञवालीले मृगौला दान गर्नुभएको थियो । हाल दाता समिक्षाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।