Saturday, 28, November, 2020 info@saipalnews.com

राजपरिवारका तीन बरिष्ठ व्यक्ति पक्राउ

काठमाडौं २४ फागुन । साउदी अरेबियामा राजाका भाईसहित राजपरिवारका तीन बरिष्ठ सदस्यहरुलाई नियन्त्रणमा लिइएको छ ।कारण नखुलाइकन शुक्रबार राजाका भाई राजकुमार अहमद बिन, भतिजा नवाफ बिन र पूर्वराजकुमार मोहमद बिनलाई नियन्त्रणमा लिइएको हो ।हिरासतमा लिइएको तीनै जनाले साउदीको राजनीतिमा महत्वपूर्ण भूमिका विर्वाह गर्दै आएका थिए । तर, उनीहरुको राजनीतिक गतिविधिलाई राजकुमार मोहमद बिनले मन पराइरहेको थिएन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा राजकुमार मोहमद बिनले आफ्नो यात्राको बाधक बनेका निष्कर्ष निकाल्दै तीनै जनालाई नियन्त्रणमा लिन आदेश दिएको हुनसक्ने उल्लेख गरिएको छ ।यस अगाडि नै उनले प्रिन्स साउद बिन, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स सुल्तान बिन तुर्कीलाई पनि नियन्त्रणमा लिएर गायब बनाएका थिए ।त्यस्तै, उनले साउदी राजपरिवारका सदस्यसँगै मन्त्री र व्यवसायीहरुलाई एक होटलमा बन्धक बनाएका थिए ।