Saturday, 26, September, 2020 info@saipalnews.com

कोरोनाका कारण अत्यावश्यक वस्तुको अभाव हुन दिन्नौ : आपूर्ति मन्त्री भट्ट

काठमाडौं २४ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पार्नु भएको छ ।अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडा भन्दा कडा कारबाही गर्ने पनि चेतावनी पनि उहाँले दिनुभयो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले वाणिज्य विभाग र औषधि विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।बजार व्यवस्थित्, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँगपनि समन्वय भइरहेको उहाँको भनाइ थियो ।

साक्षात्कारमा मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधि पसलमा गएर स्यानिटाइजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधि पसलले सुनाएको बताउनुभयो ।

उहाँले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको पनि बताउनुभयो । उहाँले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको समेत स्पष्ट पार्नुभयो ।उहाँले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरी मौज्दात राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गर्नुभयो ।उहाँले कुनैपनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट पनि व्यक्त गर्नुभयो ।

यदि कसैले कालोबजारी गरेको पाइए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उहाँले दिनुभयो ।उहाँका अनुसार अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने औषधि रहेको समेत प्रष्ट पार्नुभयो ।सरकार कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण नेपालमा नहोस भनेर गम्भीर भएको पनि स्पष्ट पार्दै सरकार गम्भीर भएन भनेर लगाउने गरेको आरोपमाथि कुनै सत्यता नभएको दावी गर्नुभयो ।

भारत र चीन दुवैतिरबाट हुनसक्ने समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको सुनाउँदै उहाँले भारतको नयाँ दिल्लीमा यसको प्रभाव तथा संक्रमण बढेपछि नेपाल सरकार गम्भीर रहेको पनि बताउनुभयो ।