Friday, 25, September, 2020 info@saipalnews.com

बैतडीमा जीप दुर्घटना १ ज्यानको मृत्यु ६ घाइते

बैतडी २५ फागुन । जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।  धनगढीबाट दार्चुलाका लागि छुटेको  प्रदेश नं ७ ००१ ज १२५७ नं को जीप बैतडीको दशरथचन्द राजमार्गको पाटन नगरपालिका वडा नम्बर ६ घट्टीगाडमा दुर्घटना हुँदा  भएको थियो । दुर्घटनामा परि दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय जीप चालक धनसिंह बडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।