Sunday, 20, September, 2020 info@saipalnews.com

पत्रकार वीरेन्द्र साह हत्या आरोपी कुन्दन फौजदार पक्राउ

बारा २५ फागुन । पत्रकार वीरेन्द्र साह हत्याका आरोपी कुन्दन फौजदारलाई शनिबार राति २ बजे प्रहरीले पक्राउ उनकै घरबाट पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका बारागढी गाउँपालिकाको गडहल निवासी फौजदारलाई पक्राउ गर्ने बेलामा प्रहरीले ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। २०६४ असोज १८ गते एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेका तत्कालीन नेकपा माओवादीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो। हत्यारामध्येका दुई जना फरार छन्।