Saturday, 28, November, 2020 info@saipalnews.com

देउवाबाट कांग्रेस चल्दैन : नेता कोइराला

सिरहा २५ फागुन ।नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले अब कांग्रेसको नेतृत्व देउवाबाट नचल्ने बताउनु भएका छन् । आइतबार सिरहामा नेपाल प्रेस युनियन शाखाले लहानमा गरेको पत्रकार  सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । सभापति शेरबहादुर देउवाको ४ वर्ष हामीले  हेरिसक्यौं, अब देउवा जीको नेतृत्वमा कांग्रेस चल्दैन नेता कोइरालाले दाबी गरेका छन् । उनले गलत प्रवृतिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न आफु नयाँ नेतृत्व खोजि रहेको पनि कोइरालाको भनाइ छ ।

साथै भागवण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृति मौलाइरहेको डाक्टर कोइरालाको भनाइ छ ।‘भागवण्डा मिल्यो भने ठिक,नभए बेठिक । म गुटको राजनीति गर्दिनँ,’उनले भने,‘यस्तो राजनीतिलाई विकृतिको रूपमा लिएको छु ।हामी तीन शंशाक, शेखर र सुजाता मध्ये एकजना सभापतिको उम्मदेवार हुने छौं। अरु पनि छन् । कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी सकेको नेता !

कोइरालाको दाबी छ ।

जुन कामले शेरबहादुर देउवाले सुशील कोइरालालाई अप्ठ्यारोमा पारेका थिए त्यही काम अहिले पनि उनले गरिरहेका डाक्टर कोइरालाको आरोप छ । ‘विभाग गठनकै कारण सुशील कोइरालालाई शेरबहादुरजीले अप्ठयारो पारेको हो नि । ६ महिनासम्म केन्द्रीय समितिको बैठकमै आउनुभएन । राजीनामा दिनुभयो ।

सुरुमा विभाग गठन गर्न दिनुभएन । गरे पनि चल्न दिनुभएन,’उनले भने,‘आज उहाँले त्यही काम गर्दै हुनुहुन्छ । विभागको प्रमुख को भए ?  म व्यक्तिमा जान चाहन्नँ । तर, यतिबेला गठन गर्नु उचित हो वा होइन भन्दै नेता कोइरालाले आरोप लगाउनु भएको छ ।