Thursday, 01, October, 2020 info@saipalnews.com

राष्ट्रबादी नेता भीम रावलले दिए नारी दिवसको शुभकामना

काठमाडौँ २५ फागुन । नेकपाका प्रभावशाली नेता भीम रावलले ११० औँ अन्तराष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । नेता रावलले ट्वीट मार्फत स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण महिला दिदी बहिनीहरुलाई अन्तराष्ट्रीय महिला श्रमिक दिवसको शुभकामना दिनु भएको हो । नेता रावलले ‘महिला दिवसले सबै दिदी बहिनीको न्याय समानता र पारस्परिक सम्मानको ज्योति अझैँ चम्किलो बन्दै जावस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ ।

साथै नेता रावलले यो शुभकामना दिदै दिवसले देशको राष्ट्रियता स्वाधीनतालाई अझै बलियो र नेपाली जनताको स्वाभिमान उँचो पार्न एक भई अघि बढ्न उर्जा मिलोस् भन्दै आफ्नो शुभकामनामा उल्लेख गर्नु भएको छ ।