Tuesday, 01, December, 2020 info@saipalnews.com

चीनका वैज्ञानिकले बनाए कोरोना भाइरसको एन्डीबडी औषधि

काठमाडौँ २५ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्व नै त्रसित बनेको छ । उक्त भाइरसको रोकथामका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिनको निर्माणमा गर्न लागि परेका छन् । कोभिड १९ का लागि एन्टीबडी निर्माण भइसकेको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले जनाएको छ ।

उक्त एन्टीबडीले शरीरमा गएर २९ मिनेट भित्र असर गर्ने जनाइएको छ । जियामेन विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले शंकास्पद केस, उच्च जोखिममा रहेका विरामीहरु माथि प्रयोग गर्ने बताइएको छ । उक्त एन्टीबडी कोरोना उत्पति भएको हुबेई प्रान्तको उहान शहरका अस्पतालमा परिक्षण गरिएको जनाइएको छ ।

न्यूक्लिक एसिड र एन्टीबडीको संयूक्त साझेदारीमा भाइरस सजिलै पत्ता लाग्ने जनाइएको छ । उक्त एन्टीबडीलाई चीन सरकार, यूरोपियन यूनियन, इटली, अस्ट्रिया र नेदरल्याण्ड जस्ता देशहरुले स्वीकृत गरिसकेको जनाइएको छ ।