Wednesday, 02, December, 2020 info@saipalnews.com

कोरोनाबाट बच्न चीनमा अपनाइयो अनौठो तरिका

काठमाडौं २५ फागुन । चीनमा कोरोना भाइरसबाट ८० हजारभन्दा बढी संक्रमित छन् भने ३ हजार बढीको मृत्यु भएको छ । कोरोनाबाट बच्नका लागि मानिसहरुले विभिन्न तरिका अप्नाइरहेका छन् । पछिल्लो समय चीनमा हेयर ड्रेसरका केही तस्वीर र भिडियो सार्वजनिक भएका छन् । जसमा कपाल काट्ने अनौठो तरिका देख्न सकिन्छ ।उनीहरुले ४ फिट टाढाबाट कपाल काटिरहेको देख्न सकिन्छ । चीनको हुनान प्रान्तका सैलुनमा हेयर ड्रेसरहरुले कपाल काट्ने र स्टाइलिङको काम टाढाबाट गरिरहेका छन् ।

उनीहरु लामा लामा डण्डामा आफ्ना कैंची, ट्रिमर, काइँयो आदि बाँधेर कपाल काटिरहेका छन् । हुनानमा मात्र नभइ सिचुआन प्रान्तको लुझोउमा पनि यस्तै तरिका अपनाइएको छ । यसलाई चीनका मानिसहरु लंग डिस्टेन्स हेयर कटिङ भन्न थालेका छन् ।