Saturday, 28, November, 2020 info@saipalnews.com

कोरोनाबाट बच्न सुदूरपश्चिम सरकारले बनायो ९ वटै जिल्लामा क्वारेन्टाइन

धनगढी २५ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार विभिन्न निर्णय गर्दै कोरोना भाइरसबाट जोगिन पूर्व तयारीलाई बलियो बनाउने बताएको छ । हालसम्म नेपालमा कोरोना भाइरसका बिरामी नदेखिएपनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय गरेको हो ।मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरको छ। जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

यस्तै, सबै जिल्लामा एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने र विशेष परिस्थितिमा औषधिलगायत अन्य व्यवस्थापन सामग्री खरिद गर्नसक्ने व्यवस्थासमेत गरिएको छ। यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।