Saturday, 28, November, 2020 info@saipalnews.com

योजना बन्दै गण्डकी विश्वविद्यालय खोल्ने

काठमाडौँ २५ फागुन । गण्डकी विश्वविद्यालय चालु वर्षबाटै सञ्चालनमा आउने भएको छ । विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक गणेशमान गुरुङले ऐनमा व्यवस्था भएअनुसार तत्काल न्यासिक परिषद् बोर्ड अफ ट्रस्टिज गठन गर्ने बताएका छन् ।‘परिषद्ले विश्वविद्यालयको जग्गा प्राप्ति गर्ने र ६ महिनाभित्र पठनपाठन सुरु गर्नेछ,’ गण्डकी प्रदेश सरकारबाट फागुन पहिलो साता नियुक्त कुलपति गुरुङले भने, ‘उपकुलपति, रजिस्ट्रार र डिनहरूको नियुक्ति प्रक्रिया अघि बढिसकेको छ ।’

संघीय सरकार मातहतका विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ भने कार्यकारीका रूपमा उपकुलपतिको व्यवस्था छ । गण्डकी प्रदेश सरकारले न्यासिक परिषद अन्तर्गत कुलपति रहने गरी गण्डकी विश्वविद्यालय गठन गरेको हो । विश्वविद्यालय स्थापनाका निम्ति चालु वर्ष २०७६र७७ मा ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा २३ सदस्यीय न्यासिक परिषद् ९बोर्ड अफ ट्रस्टिज० रहन्छ । परिषद् सदस्यमा कुलपति, प्रदेश सचिव, प्राज्ञिक, समाजसेवी, दाता, उद्योगी, व्यवसायी, बढीमा पाँच जना गैरआवासीय नेपालीसमेत रहने व्यवस्था छ ।

कुलपतिले अध्यक्षता गर्ने परिषद्को बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्नेछ । अध्यक्षले परिषद्को अध्यक्षता गर्ने, विश्वविद्यालय दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको नीति निर्धारण गर्ने, दीर्घकालीन योजना स्वीकृत गर्ने, वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने जिम्मेवारी छ । यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।