Friday, 25, September, 2020 info@saipalnews.com

प्रधामन्त्रीको स्वास्थ्य सामान्य बन्दैँ

काठमाडौं,२६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकले जनाएका छन्। मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार अस्पतालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सो कुरा बताएको हो। ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सन्तुलित आहार खान थालेको, मुटु तथा रक्तचापको अवस्था सामान्य रहेको र अन्य स्वास्थ्य सूचकसमेत सामान्य रहेको अस्पतालको भनाइ छ। अस्पतालका निर्देशक पे्रमकृष्ण खड्गा र प्रधानमन्त्रीका पे्रस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्रीज्यूले सन्तुलित खाना खान र विस्तारै हिँड्न पनि थाल्नु भएको छ,’ अस्पतालका निर्देशक डा। खड्गाले भने। ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संर्गौलाको स्वास्थ्य पनि सामान्य अवस्थामा फर्किन लागेको अस्पतालले जनाएको छ। उनी पनि सामान्य हिँडडुल गर्न सक्ने भएको र सन्तुलित आहार लिन थालेको अस्पतालले जानकारी दिएको छ।  यो समाचार नागरिक दैनिकमा छ ।