Monday, 28, September, 2020 info@saipalnews.com

होलीका अवसरमा भीम रावलको शुभकामना

काठमाडौँ २६ फागुन । देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित होली पर्व मनाइँदै आएको छ । यसै अवसरमा नेकपाका प्रभावशाली तथा राष्ट्रबादी नेता भीम रावलले पनि ट्वीट गर्दै फागुपुर्णिमा अर्थात् होली पर्वको शुभकामना दिनु भएको छ ।

साथै अहिले कोरोना भाइरसबाट विश्व नै त्रसित भएको बेला कुनै पनि नेपालीलाई कोरोना भाइरस नलागोस् भन्दै नेता रावलले सम्पूर्ण जनताको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेता रावलले देशको समृद्धीको कामना गर्दै  देशलाई वाह्य हस्तक्षेप र घुसपैठको भाइरस नलागोस् भन्दै शुभकामना दिनु भएको छ ।

उहाँले समाजमा सद्धाव र नेपालीहरुको एकता बिथोल्ने कुनै भाइरस नपसोस् ,भन्दै सबैं नेपालीमा शान्ति उमंग र खुशी छाइरहोस् भन्दै समाजिक संजाल ट्विटरमा शुभकामना सन्देश छोड्नु भएको छ ।  साथै आज पहाडी जिल्लामा आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान सहित होली पर्व मनाइँदै छ ।

आपसी हार्दिकता र भ्रातृत्वको रुपमा रङको माध्यमबाट होली मनाउनेहरुले आत्मीयता साटिरहेका छन् । एकता र भाइचाराका रूपमा मनाइने होलीपर्व देशका विभिन्न ठाउँमा विविध प्रकारका कार्यक्रम गरी मनाइँदै छ ।