Monday, 28, September, 2020 info@saipalnews.com

एमसीसीअध्ययन कार्यदलको बैठक जारी आज प्रतिवेदन सार्वजनिक हुने सम्भावना

फागुन २६ काठमाण्डौ । एमसीसी अध्ययन  कार्यदलको बैठक संयोजक झलनाथ खनालको निजी निवास डल्लुमा बसिरहेको छ ।एमसीसी पारित गर्ने सम्बन्धमा बिवाद उत्पन्न भएपछि एमसीसीका सन्दर्भमा अध्ययन गर्न माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो ।

दश दिन समय दिएर गठन भएको कार्यदलले अध्ययन गर्न थप दश दिन समय माँग गरेको थियो । थप अवधिमा अध्ययन पुरा गरेर पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको भए पनि थप छलफल गर्न आवश्यक भएको भन्दै बैठक बसिरहेको हो । परराष्ट्रमंत्री समेत रहेका अध्ययन कार्यदलका सदस्य प्रदीप ज्ञवालीले  प्रतिवेदनका केही बुँदामा छलफल गर्न आग्रह गर्नु भएकोले बैठक बसिरहेको जानकारी प्राप्त भएको छ ।

नेकपाले वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।