Saturday, 05, December, 2020 info@saipalnews.com

वामदेवलाई लागेको ‘ब्रेक’खुस्काउन शीर्ष नेतालाई सकस

काठमाडौं २७ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘ब्रेक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् ।१५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतको सहभागितामा ललितपुर खुमलटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने आन्तरिक सहमति गर्‍यो ।तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसमा ब्रेक लगाएपछि उनीहरु छटपछीमा परेका हुन् ।

यसअघि, भैसेपाटीसिथत गौतम निवासमा बसेको शीर्ष नेता सम्मिलित बैठकले यस विषयलाई अघि बढाउन सहमति गरेको थियो ।खुमलटार बैठक बसेलगतै नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गर्‍यो  ।

त्यसपछि प्रधानमन्त्री ओली आफूविरुद्ध षड्यन्त्र सुरु भएको विश्लेषण गर्दै सचिवालय निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा पुगे ।खुमलटारमा सहमति गरेर सचिवालय बैठकबाट उनलाई अल्पमतमा पारेर निर्णय गरिएको भन्दै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने योजना पर धकेलिएको हो ।

सचिवालय निर्णय लगतै ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटारमा छलफल गरे ।उनले केही व्यापारीको स्वार्थमा अर्थमन्त्री डा। खतिवडालाई हटाएर गौतमलाई ल्याउन नसकिने संकेत गरिसकेका छन् ।प्रधानमन्त्री ओली दोस्रो पटक मृगौंला प्रत्यारोपण गरी आराम गर्दैछन् । राजधानी दैनिकबाट ।