Thursday, 03, December, 2020 info@saipalnews.com

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार पुग्यो

काठमाडौं २७ फागुन । चीनबाट फैलिएको नोबेल कोरोना कोभिड–१९भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ ।११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ ।एक लाख १४ हजार ४२२ जनामा कोरोनाको केस देखिएको छ ।

तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् ।जम्मा ४६ हजार ३१४ जनामा कोरोनाको संक्रमण छ । त्यसमध्ये ५ हजार ७७१ जना गम्भिर छन् ।