Thursday, 03, December, 2020 info@saipalnews.com

गोरखामा जीप दुर्घटना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

गोरखा २७ फागुन । गोरखाको सौरपानीमा भएको जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको केउरा भन्ने मंगलबार बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका ४ जनालाई माउन्टेन एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । काठमाडौं लगिएका घाइतेमा बिमला गुरुङ, रमा गुरुङ, विनोद गुरुङ र सिरिमान गुरुङ रहेका छन् ।

उनीहरुलाई ग्रीन सिटी अस्पताल लगिएको स्थानीय सीताराम गुरुङले जानकारी दिए । ‘घाइतेहरुलाई सुताएर लान पर्ने भएकाले एकै पटक चार जनालाई लान मिलेन,’ गुरुङले भने, ‘दुई लट गरेर उहाँहरुलाई पठायौं ।’अन्य घाइतेलाई भने थप उपचारका लागि जिल्ला अस्पताल गोरखातर्फ ल्याइँदै छ ।सौरपानीबाट गोरखा सदरमुकामतर्फ आएको जिप ब्रेक फेल भएर सडकबाट एक सय मिटर तल खस्दा १० जना घाइते भएका छन् ।