Saturday, 28, November, 2020 info@saipalnews.com

वैदेशिक रोजगार विभागले ग-यो कतारको श्रमस्वीकृति बन्द

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत कतार काममा जाने नेपाली कामदार दिदै आएको श्रमस्वीकृति मंगलबारदेखि बन्द गरेको छ ।कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि वैदेशिक रोजगार विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो ।

विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने प्रवक्ता भोलानाथ गुरागाई‌ंले बताए ।कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो ।