Saturday, 28, November, 2020 info@saipalnews.com

सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटघाट

काठमाडौँ २७ फागुन । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटघाट गर्नु भएको छ । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग भेटघान गरेका हुन् ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो। नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार-सरकार, संसद्सं-सद् र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए।

भारतीय राजदूत क्वात्राले दुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको बताउँदै सभामुख सापकोटाको कार्यकालमा यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।उनलेशान्ति, विकास र समृद्धि नेपाल–भारत सम्बन्धमा गहिरो स्तम्भ भएको बताउँदै छलफलका माध्यमबाट दुई देशबीचका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।