Tuesday, 01, December, 2020 info@saipalnews.com

सरकार र निजी क्षेत्रको निष्कर्ष : ६ महिनालाई पुग्ने खाद्यान्न छ

काठमाडौं २७ फागुन । उद्योगी व्यवसायीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका छन् ।सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मंगलबार निजी क्षेत्रसँग छलफल गरेको थियो, जसमा सहभागी व्यवसायीहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको दाबी गरेका छन् । औषधि पनि ३ ४ महिनालाई पुग्ने मौज्दात रहेको सञ्चारमन्त्री डा युवराज खतिवडाले जानकारी दिनु भएको छ । भारतले केही औषधि आपूर्तिमा रोक लगाएपछि अत्यावश्यक आयातका लागि सहज बनाउन आग्रह गर्ने सहमति मनत्री खतिवडाले जनाएको छ ।

भारततर्फबाट हुने व्यापारमा केही अवरोध छैन् । अधिक स्टक गर्न आवश्यक छैन,’ उनले भने, ‘विक्रेताहरुले पनि स्टक छ, अति अधिक स्टक नगर्नुस् भन्नु भनेका छौं ।’प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेका छन् ।