Wednesday, 22, September, 2021 info@saipalnews.com

देउवाले हटाए पौडेल पक्षीय जिल्ला सभापति

काठमाडौँ २७ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासी ९बर्दघाट पश्चिम० का कार्यबाहक सभापति अर्जुन पोखरेललाई हटाएपछि पार्टीभित्र विवाद चर्केको छ । पोखरेलको ठाउँमा देउवाले आफैंले हस्ताक्षर गरेर विष्णु पौडेललाई सभापति तोकेको पत्र पठाएपछि पार्टीका विभाग गठनको विषयलाई लिएर संस्थापनइतर पक्षले विरोध जनाइरहेका बेला देउवाको कदमले पार्टीभित्र किचलो झनै बढेको छ ।

पोखरेल महामन्त्री शशांक कोइराला निकट हुन्। राज्य पुर्नसंरचना अघि जिल्ला कार्यसमितिका सभापति विष्णु लामिछाने थिए। राज्य पुर्नसंरचना पश्‍चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिममा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो।

पोखरेलले आफ्नो समूहको हितमा काम नगरेको कारणले हटाइको आरोप संस्थापन इतरपक्षले लगाएको छ। उनीहरुले महाधिवेशनलाई प्रभावित पार्न सभापति विधान विपरीतको बाटो हिँड्न थालेको भन्दै विरोध गरेको थिए। उक्त विषयलाई लिएर महामन्त्री कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मंगलबार बैठक नै बसेको थियो। देउवाले महाधिवेशन ‘कब्जा’ गर्नका लागि आफ्नो विरोधीहरुलाई ‘फायर’ गर्ने र आफ्नो पक्षकालाई ‘हायर’ गर्ने रणनीति बनाएको निष्कर्ष निकालेको थियो।

यसको कसरी प्रतिवाद गर्ने भन्‍नेमा पौडेल पक्षीय नेताहरुबीच परामर्श चलेको थियो। बैठकपछि केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सभापति देउवाको पछिल्ला कदम विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक राखिएको जानकारी दिए।