Friday, 27, November, 2020 info@saipalnews.com

नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ २८ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका छन् । दिउँसो दुई बजे शितलनिवास पुगेका दाहालले करिब एक घण्टा राष्ट्रपति भण्डारीसँग भेट गरेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्य, कोरोना भाइरसको सम्भावित प्रकोप र नेकपामा देखिएको राजनीतिक खिचातानीलगायतका बिषयमा छलफल भएको स्रोतले दाबी छ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री अहिले अहिले त्रिवि शिक्षण अस्पतालमै छन्। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णय कार्यन्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तदारुकता नदेखाएपछि नेकपाभित्र तनाव देखिएको छ।

सचिवालयले मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनित हुने सीटमा गौतमलाई पठाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो। तर, प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअगाडि बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे कुनै निर्णय गराएका थिएनन् ।