Wednesday, 02, December, 2020 info@saipalnews.com

आहा रारा गोल्डकप : थ्रीस्टारलाई हराउँदै‌ं पुलिस फाइनलमा

पोखरा २८ फागुन । विभागीय टिम नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । निरकुमार राईको २ र भरत शाहको एक गोलको मद्दतमा पुलिसले फाइनलमा पुगेको हो ।

खेलको सुरुआतदेखि नै पुलिसले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेल सुरु भएको ८ औं मिनेटमै कप्तान भरत शाहले गोल गरेर पुलिसलाई अग्रता दिलाए ।खेलको ५१ औं मिनेटमा निरकुमार राईले दोस्रो गोल गरेर अग्रता दोब्बर बनाए । राईले नै ७२ औं मिनेटमा अर्को गोल थपे ।

खेलमा राई ‘म्यान अफ द म्याच’ भए ।प्रतियोगिताअन्तर्गत बिहीबार त्रिभुवन आर्मी क्लब र मनाङ मरस्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक सहारा क्लबले जनाएको छ । कान्तिपुरबाट