Friday, 27, November, 2020 info@saipalnews.com

अन्तरराष्ट्रिय अवार्डबाट डा:कुँवर सम्मानित

काठमाडौं २९ फागुन । अमेरिकन सोसाइटी अफ ट्रान्सप्लान्टेशनले प्रदान गरेको योङ इनोभेटर अवार्डबाट नेपाली चिकित्सक किरणजंग कुँवर सम्मानित भएका छन्।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत डा : कुँवरले प्रस्तुत गरेको मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपणमा सहजीकरण तालिकालाई उत्कृष्ठ ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।केही महिना अघि दक्षिण कोरियामा भएको एसियन ट्रान्सप्लान्ट समिटमा पनि उनले एक करोड रुपैंया राशिको अवार्ड प्राप्त गरेका थिए। लगातार दुई अन्तरराष्ट्रिय अवार्ड पाएका डा:कुँवरले स्वदेशमै मिर्गौला प्रत्यारोपण सम्बन्धी थप अध्ययनका लागि हौसला मिलेको बताए।