Thursday, 03, December, 2020 info@saipalnews.com

इटलीमा कोरोनाबाट मृत्यु हुनेको ७ सय ७८ पुग्यो

एजेन्सी २९ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस ९कोभीड १९०को उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला युरोपेली मुलुक इटालीमा भने तिव्र रुपमा फैलिरहेको छ ।अहिले इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३१३ जना नयाँ संक्रमित भेटिएको छ ।विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दास्म्म इटालीमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ८२७ पुगेको छ भने १२ हजार ४६२ जनामा संक्रमण देखा परेको छ ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले एक हजार २८ जना जटिल अवस्थामा रहेका छन् भने एक हजार ४५ जना पूर्णरूपमा स्वास्थ्य भएका छन् । इटालीमा पछिल्लो ६ दिनमा ७ सय ७८ जनाको मृत्यु भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।गत बिहीबारसम्म इटालीमा जम्मा ४९ जनाको मात्रै मृत्यु भएको थियो । वर्ल्डो मिटरर्स डट इन्फो अनुसार इटालीमा शुक्रबार १०७, शनिबार ४९, आइतबार १३३, सोमबार १२५, मंगलबार १६८ र बुधबार १९६ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख २६ हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ४ हजारभन्दा ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ६८ हजार २ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ७ यसभन्दा बढी जटिल अवस्थामा छन् ।

गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले १ सय २० भन्दा बढि मुलुकमा फैलिएको छ । चीनपछि सबैभन्दा बढी कोरोनाको सामना गरिरहेको देश इटाली नै हो ।

यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ । ६ करोड जनसंख्या भएको इटलीका सबै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्।