Sunday, 06, December, 2020 info@saipalnews.com

प्रधानमन्त्री ओलीलाई दुई जनाबाहेक अरुलाई भेट्न दिइएन

काठमाण्डौ ३० फागुन । मिर्गौला प्रत्यारोपण गरिएको ९ औं दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जनाबाहेक अरुलाई भेट्न दिइएको छैन ।मिर्गौला दान दिने समीक्षा सङ्ग्रौला र प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यबाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो ।गएको हप्ताको बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ । मिर्गौला दान गर्ने सङ्ग्रौलालाई डिस्चार्ज गरिएपनि प्रधानमन्त्रीललाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।