Saturday, 05, December, 2020 info@saipalnews.com

मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

धनुषा ३० फागुन । अत्यधिक मदिरा सेवनका कारण धनुषामा पाँच जनाको ज्यान गएको छ ।जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् ।