Tuesday, 01, December, 2020 info@saipalnews.com

वाइडबडीमा भ्रष्टाचार गर्ने जोसुकै होस्, छोड्ने कुरा आउँदैन : वरिष्ठ नेता नेपाल

काठमाडौँ ३० फागुन । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्न जो कसैलाई नछोड्ने बताउनु भएको छ ।  संघीय संसद्, प्रतिनिधिसभा अर्न्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेता नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारबाही गर्न माग गरेका हुन् ।

उनले तारागाउँ, वाइडबडी, न्यारोबडी लगायतमा आर्थिक अनियमितताका कयौं प्रश्न उब्जिएकाले सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

तारागाउँ, वाइडबडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाइडबडीमा त देखादेखी बद्‍मासी छु, उनले भने, त्यसलाई छानबिन, अगाडि बढाउने, कारबाहीको विषय बनाउने । जोसुकै होस् छोड्ने कुरा आउँदैन । जोसुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पूर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सजाय भोग्नुपर्छ ।