Friday, 27, November, 2020 info@saipalnews.com

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं ३०फागुन । नोवल कोरोना कोभिड-१९ भाइरसका कारण साढे दुई महिनामा पाँच हजार भन्दा बढीको ज्यान गएको छ । ३१ डिसेम्बरमा चीनको हुवे प्रान्तबाट सुरु भएको यो भाइरसका कारण शुक्रबार साँझसम्म ३९ देशमा पाँच हजार ८० जनाको मृत्यु भएको हो ।

१३२ देशमा फैलिएको कोभिड(१९ बाट सबैभन्दा बढी चीनमा ३ हजार १७७ जनाको ज्यान गएको छ । चीन बाहिर मृत्यु हुनेको संख्या एक हजार ९०३ पुगेको छ ।विश्व स्वास्थ्य संगठनले स्वास्थ्य माहामारी घोषणा गरेको कोरोनाको संक्रमण देखिएका मध्ये ७० हजार ७१६ जना निको भइसकेका छन् । सबै देशमा गरेर ६२ हजार ३६० जनामा मात्रै कोरोनाको संकेत बाँकी रहेको छ ।

चीन नियन्त्रणतर्फ

चीनमा १३ हजार ४८७ कोरोना संक्रमित छन् । जबकी त्यहाँ ८० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको थियो ।संक्रमित घट्दै गएपछि वुहानका अस्थायी अस्पताल बन्द गरिएका छन् । पछिल्लो २४ घण्टामा चीनमा जम्मा २२ जना नयाँ संक्रमित देखिएका छन् ।जबकी त्यो अवधिमा चीन बाहिर ३५ सय ७८ नयाँ संक्रमित फेला परे ।