Friday, 28, January, 2022 info@saipalnews.com

नवजीवन सहकारीका पूर्व महाप्रबन्धकसहित ५ जना जुवा खालबाट पक्राउ

धनगढी ३० फागुन । नवजिवन सहकारी संस्थाका महाप्रबन्धक मोहन भट्ट सहित ४ जनालाई कैलाली प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर स्थित बहादुरसिंह खत्रीको घरमा जुवाखेली रहेको अवस्थामा धनगढी वडा नम्बर ३ का  भीम साउँद, वडा नम्बर ५ का लाल बम,अमित गहतराज र डोटी शिखर नगरपालिका ६ का दीपक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतका अनुसार जुवाको खालबाट १ लाख ३६ हजार ४ सय २० रुपैयाँ नगद बरामद भएको छ । बस्नेतले जुवा खेल्ने र खेलाउने दुई पक्षलाई कडा कारबाही गर्ने जानकारी  दिनु भएको छ ।