Thursday, 03, December, 2020 info@saipalnews.com

पितालाई ढोग्दै यसरी छिरे बालुवाटार प्रधानमन्त्री ओली

काठमाडौं १ चैत । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने अस्पताल बसाइपछि शुक्रबार साँझ बालुवाटार फर्किएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा।डा। दिव्या सिंह शाहले पूर्ण स्वास्थ्य लाभ भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाएकी छन् ।

प्रधानमन्त्री निवासमा ओलीलाई संक्रमणमुक्त राख्ने गरी प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्रीलाई आराम गर्नुका साथै रुघाखोकीलगायत संक्रमणबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपणपछिको एक महिना विशेष सावधानी आवश्यक हुन्छ र त्यसपछि पनि सतर्क रहनुपर्छ ।

६९ वर्षीय ओलीलाई पहिलो एक महिना शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने ९इम्युनो सप्रेसेन्ट० औषधि उच्च मात्रा दिइने हुनाले संक्रमणको जोखिम हुन्छ । उनले रुघाखोकी लागेकाहरूबाट विशेष रूपमा जोगिनुपर्नेछ । त्यसैले त्रिवि शिक्षण अस्पतालबाट साँझ ६ः३० बजे डिस्चार्ज भएर बालुवाटार फर्कने क्रममा प्रधानमन्त्रीको सुरक्षालगायतमा संलग्न रहेकाहरूले मास्क लगाएका थिए ।

अस्पतालबाट फर्किने क्रममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू, विष्णु पौडेल, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेताहरू पुगेका थिए । मिर्गौला प्रत्यारोपणका लागि बुवालाई ढोगेर बालुवाटारबाट निस्केका प्रधानमन्त्री ओलीले शुक्रबार अस्पतालबाट निवास छिर्दा पनि बुवालाई ढोकामा ढोगेका थिए ।

बालुवाटार फर्किसकेपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूले आभार व्यक्त गरेका छन् । उनले स्वास्थ्यलाभको कामना गर्ने स्वदेशी तथा विदेशी ‘मित्र’ तथा नेपालीलाई धन्यवाद दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।