Thursday, 03, December, 2020 info@saipalnews.com

इराकमा दर्जनौं रकेट आक्रमण

बग्दाद १ चैत । इराकस्थित अमेरिकी गठबन्धन नेतृत्वको ताजी सैन्य शिविरमा शनिबार बिहानै रकेट हमला भएको छ । शिविरभित्रै रहेका इराकी सेनाका कर्णेलका अनुसार एक साताभित्र अमेरिका नेतृत्वको सैन्य शिविरमा भएको यो दोस्रो रकेट आक्रमण हो । शिविरमा कम्तीमा १० वटा रकेट प्रहार भएको उनले बताए।

राजधानी बग्दादबाट २० किलोमिटर उत्तरमा पर्ने ताजीस्थित सैन्य शिविरमा गत बुधबार पनि यस्तै खालका आक्रमण हुँदा दुई अमेरिकीसहित एक बेलायती सैनिकको मृत्यु भएको थियो। आफ्ना सैनिकको रकेट हमलामा परी मृत्यु भएपछि वासिङ्टनले बिहीबार गरेको प्रत्याक्रमणमा ६ जना इराकीले ज्यान गुमाएका थिए।

इरान समर्थित कताइब हेजबुल्लाह इराकी लडाकुले समूहले बुधबार आफू नेतृत्वको सैन्य शिविरमा आक्रमण गरेकाले उक्त समूह लक्षित आक्रमण गरिएको अमेरिकी दाबी छ। इराकको सरकारी स्रोतलाई मान्न हो भने अमेरिकाले बिहीबार गरेको आक्रमणमा तीन इराकी सेना, दुई प्रहरी र एक सर्वसाधारण मारिएका छन्। मारिने कोही पनि लडाकु छैनन्।