Wednesday, 02, December, 2020 info@saipalnews.com

सार्क राष्ट्रको कोरोना भाइरसविरुद्धको भिडियो कन्फ्रेन्स सुरु

काठमाडौँ २ चैत । कोरोना भाइसरविरुद्ध लड्न सार्क राष्ट्रका प्रमुखहरुको  भिडियो कन्फ्रेन्स सुरु  भएको छ । विश्वमा कोरोनाको महामारी फैलिरहेको बेला त्यसलाई कसरी निर्मूल पार्ने भन्ने विषयमा सार्क राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेन्सबाट भाइरसविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे आफना धारण राख्दैछन् ।

अहिले सार्क राष्ट्रका प्रमुखहरुले कन्फ्रेन्सबाट भाइरसलाई कसरी निर्मुल पार्ने भन्ने विषयमा छलफल भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका सार्कका राष्ट्र तथा सरकार प्रमुखहरू भिडियो कन्फ्रेन्सका लागि सहमत भएका हुन् ।

भिडियो कन्फ्रेन्समा सहभागी हुन दुई साता अघि मात्र मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका छन् ।