Saturday, 05, December, 2020 info@saipalnews.com

कोरोना नेपालमा फैलिन नदिन काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ लाई नेपालमा प्रवेश नगर्न नदिने गरेर काम भइरहेको बताउनु भएको छ ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको जानकारी गराउनु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री  कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको संक्रमण हाल नेपालमा नरहेको पनि जानकारी दिए। उनले नेपालमा भेटिएको एकमात्र कोरोना संक्रमित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएको सार्क राष्ट्रका प्रमुखलाई जानकारी गराए ।

सरकार कोरोना प्रकोप हुन रोक्नका लागि विभिन्न तहमा काममा लागेको ओलीले जानकारी दिए। केन्द्र, प्रदेश र स्थानीय तहमा समिति गठन गरेर कोरोनाको संक्रमण हुन पहिल्यै सचेतताका काम भइरहेको बताए । कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर अस्पतालहरुमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमतावृद्धि गरिएको प्रधानमन्त्री ओलीले बताए। त्यस्तै आत्मरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको पनि जानकारी गराउनु भएको छ ।