Thursday, 27, January, 2022 info@saipalnews.com

महिला सांसदद्वारा मुख्यमन्त्री राउतको आलोचना

जनकपुर २ चैत । महिला सशक्तिकरणको विषयमा जोड्तोड्ले कुरा उठाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको महिला सांसदहरुले नै आलोचना गरेका छन् । दुई जना महिला सांसदहरुले मुख्यमन्त्री राउतले प्रदेशसभामा माफी माग्नुपर्ने बताएका हुन् ।आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सत्तारुढ राष्ट्रिय जनता पार्टी राजपाकी सांसद रानी शर्मा तिवारी र नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद मन्जु यादवले मुख्यमन्त्री राउतले माफी माग्नुपर्ने बताइन् ।

प्रदेशसभामा मुख्यमन्त्रीको राजीनामा माग्ने सांसदलाई मुख्यमन्त्री राउतले पागलको संज्ञा दिएको भन्दै उक्त अभिव्यक्तिप्रति राजपाकी सांसद तिवारीले आपत्ति जनाइन् । ‘मुख्यमन्त्रीको राजीनामा माग्दा पागल भन्न पाइन्छ रु,’ उनले भनिन्, “यदी कोही पागल छन् भने प्रमाणित गरेर मुख्यमन्त्रीज्यूले प्रदेशसभाबाट निकाले हुन्छ । तर, त्यसरी बोल्नु भएन् ।उनले मुख्यमन्त्रीको यस्तो शब्दप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताइन् ।

नेकपाकी सांसद मन्जु यादवले प्रदेशसभा सञ्चालन नियमावली विपरीत मुख्यमन्त्रीले प्रदेशसभामा बोलेको भन्दै माफी माग्नुपर्ने बताइन् । ‘प्रदेश सभामा रुलिङ्ग गर्ने अधिकार सभामुखज्यूको हो,मुख्यमन्त्रीको होइन्,उनले भनिन्,“प्रदेशसभा कुनै कक्षा होइन् जो मुख्यमन्त्री शिक्षक भएर प्रस्तुत होओस् ।