Sunday, 06, December, 2020 info@saipalnews.com

इटाली, स्पेन र फ्रान्समा कोरोनाबाट एकैदिन ५ सयको मृत्यु

काठमाडौँ ३ चैत । कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ ।इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २९ जनाले ज्यान गुमाएका छन् ।बेलायतमा हिजो १४ जानाले भाईरसको संक्रमणको कारण ज्यान गुमाएका छन् । युरोपका देशहरु अहिले कोरोना भाईरसको महामारीको केन्द्रबिन्दु बनेका छन् ।विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।